मन्त्रालय बाट  १०० दिनको अवधिमा सम्पादन गरियका कामहरुको  उपलब्धि हरु

कर्णाली प्रदेश सरकार भुमि ब्यवस्था ,कृषी तथा सहकारी मन्त्रालय बाट  १०० दिनको अवधिमा सम्पादन गरियका कामहरुको  उपलब्धि हरु

१ . मन्त्रालयको आन्तरिक व्यवस्थापन |

२. नीतिगत तथा योजना निर्माणको लागि विभिन्न समयमा कृषि, भुमि, सहकारी बाढी पिडितको व्यवस्थापन र अर्गानिक कृषिको लागि अन्तरक्रिया कार्यक्रम गरि सुझाब संकलन गरिएको |

३. बाढी पिडितको अवस्थाको अध्ययन, अवलोकन गरि समस्या समाधानको लागि आवश्यक भूमिको खोजि गरि मन्त्रिपरिषदमा सुझाव दिएको

४. असिना, हावा, हुरी जस्तो प्राकृतिक प्रकोपबाट किसानलाई पर्न गएको क्षतिको बारे अध्ययन, अवलोकन गरि आवश्यक राहतको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पहल गरिएको |

५. . यस मन्त्रालय द्वारा तपसिलका बिभिन्न बिधेयकका कामहरु अगाडि बढाईएको छ |

क . आ ब २०७४ /७५ को बजेट तर्जुमा सम्बन्धि कार्य

ख .प्रादेशिक सहकारी बिधेयक सम्बन्धि कार्य

ग. प्रादेशिक भुमि सम्बन्धि बिधेयक सम्बन्धि कार्य

घ. प्रादेशिक खाध्य बिधेयक सम्बन्धि कार्य

ङ . प्रादेशिक कृषी सम्बन्धि बिधेयक तर्जुमा सम्बन्धि कार्य

च. प्रादेशिक पशुपन्छी सम्बन्धि विधेयकको कार्य

६.  मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने कृषी ,पशुपन्छी ,भूमिको व्यवस्थापन ( सुकुम्बासी ,भूमिहीन ,गुठि व्यवस्थापन ) सहकारी तथा गरिबी निवारण सम्बन्धि बिषयमा स्थानीय तहसंग समन्वय गरि विवरण संकलन कार्यको थालनी गरियको छ |

७. प्रदेश सरकारका निर्णयहरुको कार्यान्वयन,. कर्णाली रारा पर्यटन वर्ष २०७५ लाई सफल बनाउन खाध्य तथा उपहार समितिको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरिएको छ |

८.  कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश आधार निर्माण गर्न यस प्रदेश भित्र उत्पादित अर्गानिक बस्तुहरुको पहिचान संकलन तथा प्रबदन गर्न बिभिन्न कार्यक्रम संचालन तथा नमुना कृषि फर्म तथा कृषि अनुसन्धान केन्द्र को अध्ययन, अवलोकन  गरियको छ  |

९. बजेट कार्यन्वयनका लागि मन्त्रालयमा मापदण्ड तर्जुमा तथा जिल्लामा गइ सम्भाव्यता अध्ययन गरियको |

१०. प्रदेश सरकारको स्वेतपत्रमा समाबेश गर्ने बिषयबस्तु छनौट  गरि मन्त्रालयको स्वेत पत्र तयार गरिएको |

१२.  मध्यपश्चिम विश्वबिद्यालयसंग छलफल गरेर कृषि तथा भेटेरिनरी शिक्षा अध्ययनको लागि पहल गरिएको छ |

१३. आगामी वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि आवश्यक सल्लाह र सुझाब लिनको लागि स्थानीय तहका जनप्रतिनिधि र संघसंस्थासंग प्रदेश स्तरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न |

१४. कृषी ,भुमि,सहकारी र गरिबिनिबरण संग जोडिएका तर केन्द्रिय योजनामा समाबेश गर्नुपर्ने बिषयका सन्दर्भमा साम्मननीय प्रधानमन्त्री, सङ्घीय कृषी,भुमि तथा सहकारी मन्त्री/उधोग मन्त्रीसंग आबस्यक छलफल सहित माग पत्र पेश गरेको |

१५ . राष्ट्रिय किसान आयोगले आयोजना गरेको उच्चस्तरीय गोष्ठीमा समाबेश भई अन्तरप्रदेशीय मन्त्री र सचिबहरु बीचमा अनुभब आदान प्रदान तथा किसान बर्गिकरण, परिचयपत्र र भू उपयोग बारे महत्वपूर्ण छलफलमा सहभागी भएको |